मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के पूर्ण रूपमा फिट व्यक्तिलाई पनि स्ट्रोकको जोखिम हुन्छ ?

काठमाडौँ – आजकल फिट मानिसलाई पनि स्ट्रोक हुने गरेको छ । यसको पछाडिको कारण डिहाइड्रेसन, मानसिक आघात र अत्यधिक शारीरिक क्रियाकलाप रहेको बताइएको छ ।

पछिल्ला केही वर्षमा हृदयाघातका धेरै घटनाहरू प्रकाशमा आएका छन्। यी सबै घटना वृद्धवृद्धासँग सम्बन्धित छन् भन्ने होइन । बरु, यसमा युवा र फिट व्यक्तिहरू पनि समावेश छन्।

कोभिड–१९ को महामारीपछि युवायुवती हृदयाघातको सिकार भइरहेका छन्, यसको पछाडिको कारण खराब खानपान र जीवनशैली रहेको बताइएको छ । हृदयाघातका केही घटना यस्ता पनि छन् जसमा मानिसको खानपान एकदमै राम्रो छ र उनीहरु एकदमै फिट पनि छन् तर हृदयघातका कारण मृत्यु भएको छ ।

युवाहरुमा स्ट्रोक हुनुको कारण डिहाइड्रेसन पनि रहेको बताइएको छ । निर्जलीकरणको कारण, रक्त नलीहरूमा एन्डोथेलियल कोशिकाहरू ठीकसँग काम गर्दैनन्। जसका कारण रक्तसञ्चार पूर्ण रुपमा बिग्रन थाल्छ । र त्यसपछि यसले स्ट्रोक र हृदयघात निम्त्याउँछ।

यदि कुनै व्यक्तिले अत्याधिक व्यायाम वा कसरत गर्छ भने यस्तो अवस्थामा हृदयाघात पनि हुन्छ । अत्यधिक थकानका कारण मुटुमा दबाब बढ्छ ।

निद्रा नपुग्दा मस्तिष्कघातको जोखिम पनि बढ्छ । त्यसैले ८ घण्टा सुत्ने प्रयास गर्नुपर्छ । यसले रक्तचाप र मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा युवाहरूले धुम्रपान र रक्सीको प्रयोग गर्नु हुँदैन। बरु स्वस्थ जीवनशैली र खानपानको पालना गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?