काठमाडौँ-आँखाको भित्री भागमा स्नायु तन्तुले बनेको सानो झिल्ली आँखाको पर्दा हो, यसलाई रेटिना पनि भनिन्छ। यो बाह्य प्रकाश वा दृश्य हेर्नका लागि आवश्यक आँखाको अत्यन्त संवेदनशील भाग हो।
यसलाई हामी खुला आँखाले देख्न सक्दैनौं। रेटिनालाई क्यामेराको लेन्ससँग तुलना गर्न सकिन्छ, जसले बाह्य प्रकाशलाई हाम्रो दिमागसम्म पुर्याउँछ।
रेटिनल डिट्याचमेन्ट के हो ?
आँँखाको पर्दा उक्किने समस्या भनेको नशा र पिगमेन्टले बनेको भाग बीचबाट छुट्टिने प्रक्रिया हो ।
किन हुन्छ ?
अन्तिम अवस्थाको मधुमेह, उच्च रक्तचाप, रगतका नशा बन्द हुनु आदि कारणले यस्तो समस्या देखिन सक्छ। समय अगावै जन्मेका शिशु, आँखाभित्रको संक्रमण, आँखाको ट्युमर, रेटिनोप्याथी आदिका कारण रेटिनल डिट्याचमेन्ट हुनसक्छ। यसैगरी, मिर्गौलामा समस्या भएका बिरामीको आँखाको पर्दामा पानी जम्दा यस्तो समस्या हुन सक्छ।
रेटिनल डिट्याचमेन्टका लक्षणहरू के हुन् ?
रेटिनल डिट्याचमेन्ट हुँदा शुरुवाती चरणमा उज्यालोबाट अध्यारोमा जाँदा आँखामा झिल्का आए जस्तो हुन्छ। आँखाको कुनै एक भाग छोपिए जस्तो महशुस हुने जस्ता लक्षण देखिन्छन्। यसको मुख्य लक्षण भनेको आँखा नदेख्नु नै हो। धेरै जस्तो बिरामी आँखा नदेख्ने भएपछि मात्रै अस्पताल आउने गरेकोमा शुरुवाती लक्षण देखिने बित्तिकै तुरुन्तै अस्पताल पुगे भविष्यमा हुनसक्ने जोखिमबाट बच्न सकिन्छ।
हरू रगतका धमनीहरूबाट अलग हुन्छन्। रेटिनल डिट्याचमेन्ट तीन प्रकारका हुन्छन्। Rhegmatogenous, tractional र exudative। यसको सबै प्रकारले विभिन्न रोगहरू निम्त्याउँछ। यसमा रेटिना आँखाको पछाडिबाट टाढा जान थाल्छ।
दृष्टि गुम्न सक्छ
यदि रेटिनल डिट्याचमेन्टका लक्षणहरू देखिन्छन् भने समयमै यसको उपचार गराउनु धेरै महत्त्वपूर्ण हुन्छ। किनभने यो आपतकालीन अवस्था हो। यसको समयमै उपचार नगरे आँखाको ज्योति सधैंभरि गुम्न सक्छ। यो रोगमा भिट्रेक्टोमी शल्यक्रिया गर्नु धेरै महत्त्वपूर्ण छ।
Vitrectomy सर्जरी के हो ?
जोन्स हप्किन्सका अनुसार रेटिना र भिट्रेस रोगहरूको उपचारको लागि भिट्रेक्टोमी धेरै महत्त्वपूर्ण छ। शल्यक्रियाको समयमा, सर्जनले विट्रियस हटाउँछ। भिट्रेस एक जेल जस्तै हो जसले आँखा र रेटिना बीचको खाडल भर्छ।
किन लाग्छ यो रोग ?
रेटिना आँखाबाट अलग हुनुको धेरै कारणहरू हुन सक्छन्। यसको मुख्य कारण बढ्दो उमेर वा आँखाको चोट हो। यो समस्या जो कोहीलाई पर्न सक्छ। तर कतिपय मानिसहरु आनुवंशिकी वा मधुमेहका कारण यो रोगबाट ग्रस्त हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया