मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म हिरो बन्छु भन्दा धेरैले हाँसेर उडाए: विपिन कार्की

काठमाडौँ– अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् ।

तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए ।

‘छड्के’मा बिन्दु र ‘पशुपति प्रसाद’मा भष्मे डन जस्तो भूमिकामा प्रस्तुत भएका विपिनलाई निर्देशक तथा लेखक प्रदीप भट्टराईले एक इमान्दार, सङ्घर्षशिल फडिन्द्रको भूमिकामार्फत दर्शकसमक्ष ल्याए ।

विपिनले आफैँ पनि हिरो भन्छु भन्दा कसैले पत्याएनन् । ‘म हिरो बन्छु भन्दा धेरैले हाँसेर उडाए, खिसी गरे । तर, ती सबको प्रवाह नगर्दै मलाई निर्देशक भट्टराई र षट्कोण आर्ट्सले हिरो बनाए । त्यही कारण मेरो अभिनय यात्रा यहाँसम्म आइपुगेको छ’, अभिनेता कार्कीले भने ।

उनले ‘जात्रा’ शृङ्खलाकै रमाइलो र राम्रो फिल्म ‘महाजात्रा’ बनेको प्रति विश्वस्त रहन उनले आग्रह समेत गरेका छन् ।

प्रिमियरमा फिल्म हेरिसकेपछि रमाइलोसँगै यसपटक फिल्मकर्मीको दायित्व बहन गर्दै संदेशलाई समेत समावेश गरिएको उनले बताए ।

‘जात्रा शृङ्खलाकै यो रमाइलो फिल्म बनेको छ । यसले हामीलाई हसाउने र रमाउनेसँगै दायित्व बोध गराउने फिल्म हो । फिल्म हेर्दा हाँसिन्छ, रोइन्छ, केही सिकिन्छ । दर्शकको समय र पैसाको पूर्ण सदुपयोग हुन्छ, म दाबी गर्छु’, अभिनेता कार्कीले भने ।

विपिनले निर्वाह गरिरहेको भूमिका र उहाँको क्षमतालाई हेरेर ‘जात्रा’ मा लिइएको निर्देशक भट्टराईले बताए ।

‘उहाँलाई प्राय फिल्ममा एकै किसिमको व्यक्तित्वको भूमिकामा देखिरहँदा त्यस्तो मान्छेले इमान्दार व्यक्तिको भूमिकालाई कसरी निर्वाह गर्न सक्छ भन्ने लगेर प्रस्तुत गरेका हौँ । उहाँसँग त्यस अगाडि नै टेलिफिल्ममा काम गरिसकेको थिएँ’, निर्देशक भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?