मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गणक र सुपरिवेक्षकलाई तालिम दिन ‘प्रशिक्षक प्रशिक्षण’ सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आजदेखि ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको तथ्याङ्क संकलनमा खटिने गणक र सुपरिवेक्षकको तालिमका लागि’ प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

सामाजिक विकास विभागले थालेका प्रशिक्षणमा महानगरपालिकाका २६ जना अधिकारीहरु सहभागी छन् । तालिम ३ दिन चल्नेछ ।

प्रशिक्षणमा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी तथा सैद्धान्तिक पक्ष, विवरण संकलन गर्ने, भण्डारण गर्ने तथा सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइनेछ । यसबाट प्रशिक्षक बन्ने अधिकारीहरुले चैत २० गतेदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?