मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मासु रातो राम्रो कि सेतो ?

काठमाडौँ – रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । मासु प्रोटिनको मुख्य स्रोत हो । सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ ।

मासुमा ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । जसले गर्दा एलडीएलको अर्थात् खराब कोलेस्टोरोल स्तर कम गर्न र एचडीएल (राम्रो कोलेस्टोरोल)को स्तर बढाउन मद्दत गर्छ ।

सेतो मासुका स्रोतहरु कुखुरा, हाँस, टर्की र माछा हुन् । रातो मासुमा बोसो, आइरन, प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने तपाई रातो मासु तपाईले नखादा हुन्छ ।

उच्च प्रोटिनलाई पचाउन पनि समय लाग्ने भएकाले दिनदिनै मासु खाँदा पेटमा नपचेको मासु बोसोमा परिणत भएर तौल बढ्दै जानेछ । जसकारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सरजस्ता समस्या हुन्छ ।

तर हामीले कहिले सोचेउ सेतो मासु कतिसम्म खान मिल्छ भनेर ? यदि सोचेका छैनौँ भने सोच्नुपर्छ । सेतो मासु पनि आवश्यकताभन्दा हामीले बढी खाएमा यसले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

राँगो, खसी, भेडा, सुँगुर रातो मासुका मुख्य स्रोत हुन् । रातो भन्दा सेतो राम्रो भनेर पोषणविद्को मात्र नभई विभिन्न रिसर्चको अनुसार पनि यो पुष्टि भएको छ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पब्लिक हेल्थले गरेको अनुसन्धानमा हरेक दिन मासु खानेहरुमा मुटुरोग तथा क्यान्सर हुने सम्भावना धेरै रहेको पाइएको छ ।

हरेक दिन पकाएको मासु वा दुई टुक्रा बंगुरको मासु खाँदा २० प्रतिशतले मुटु तथा क्यान्सर रोगको जोखिम बढ्ने अध्ययनले देखाएको छ ।

अनुसन्धानमा संगल्न मुटुरोग विशेषज्ञ डा. स्टेफेन हुले भन्छन्, ‘रातो मासु धेरै खानु स्वास्थ्यका लागि हानिकारक तथा यसलाई सन्तुलित आहारका रुपमा लिइँदैन । किनकि रातो मासुमा धेरै कोलेस्टेरोल, बोसो तथा सोडियम हुन्छ । यस्तो मासु सीमित मात्रामा खाँदा राम्रो हुन्छ ।’

हार्वर्ड टी एच च्यान स्कुल पब्लिक हेल्थको २०२३ अक्टोबर १९ मा हरेक हप्ता रातो मासुको सेवनले टाइप टु डाइबेटिभ वा परिपक्व हुन लागेको मधुमेह भएको देखाएको छ । जुन जीवनशैलीका कारण हुने गर्छ जस्तै व्यायाम कमी, सन्तुलित खानपानको कमी, अत्यधिक तौलका कारण हुन्छ ।

रातोमासुको दैनिक सेवनले विश्वभर टाइप टु मधुमेह रोग तीव्र रुपमा बढेको देखिन्छ । जसले मुटुरोग, किट्नी, क्यान्सर र डेमेन्सिया जोखिम निम्त्याउँछ ।

अध्ययनअनुसार धेरै रातो मासु खानेहरुमा कम खानेहरूको तुलनामा टाइप २ मधुमेह हुने जोखिम ६२ प्रतिशत बढी देखिएको थियो भने प्रशोधित रातो मासुको दैनिक सेवनमा टाइप टु मधुमेहको जोखिम ४६ प्रतिशत र प्रशोधित रातो मासुको दैनिक सेवामा २४ प्रतिशत बढी जोखिम देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?