काठमाडौँ – हास्य कलाकार जितु नेपालले दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’मा साइन गरेका छन् । फिल्ममा उनी कुन भुमिकामा देखिदै छन्, विस्तृत खुलाइएको छैन तर उनी औपचारिक रुपमै फिल्ममा जोडिएका छन् ।
गत साता टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेपछि हास्य कलाकार जितु अब फिल्मको तयारीमा लाग्न थालेका छन् । जितुले खर्च धान्न मुस्किल भएको भन्दै उनले शो बन्द गरेको बताइएको छ ।
फिल्म ‘कार्साङ’मा यसअघि दयाहाङसहित बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, दीया मास्के, छिरिङ शेर्पा तय भइसकेका छन् ।
शेर्पा समुदायको कथावस्तुमा आधारित हुने यो फिल्मलाई याम शेर्पाले निर्देशन गर्दैछन् । अर्को सातादेखि सिन्धुपाल्चोक क्षेत्रमा फिल्म छायांकन हुनेछ । ‘कार्साङ’पछि जितु दिनेश डीसीले निर्देशन गर्न लागेको एक फिल्म व्यस्त हुने बताउका छन् । जितुको पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’ गत वर्ष रिलिज भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया