मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनुहारलाई सुन्दर र गोरो बनाउन अपनाउनुस् यस्ता घरेलु उपाय

काठमाडौँ– कहिलेकाहीँ घामले डढेर होस् या खानपान र जीवनशैलीका कारणले होस्, हाम्रो शरीर सुख्खा र कालो भइरहेको हुन्छ । अहिले पनि समाजमा नरम र गोरो अनुहारलाई धेरैले सुन्दरतासँग जोडेर हेरेको पाइन्छ ।

त्यसैले पनि कतिपय युवायुवतीले आफूलाई सुन्दर देखाउन विभिन्न क्रिम लगाएर आफूलाई सुन्दर देखाउन खोजेको पाइन्छ । हुन त राम्रो हुने रहर सबैलाई हुनु स्वभाविक पनि हो । राम्रो हुनका लागि कतिले त सर्जरी नै गरेका पनि हुन्छन् भने कतिपयले सुन्दरताका लागि पैसा पनि खर्च गरेका हुन्छन् ।

हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाइने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । केही यस्ता घरेलु उपायहरु हुन्छन्, जसले हाम्रो छालालाई गोरो र चम्किलो बनाइ अनुहार सुन्दर बनाउन मद्दत गरिरहेको हुन्छ तर हामी ती उपायहरुलाई ध्यान दिदैँनौं ।

हामीले खाने खानाले पनि छालाको गोरोपनामा भूमिका खेल्छ । केही तरकारी तथा फलफूलमा भएका गुणहरुले हामीलाई प्राकृतिक रुपमै गोरो बनाउन मद्दत गर्छन् । घरेलु सामानको प्रयोगबाट छालामा निखार ल्याउन सक्छौं ।

यी हुन् अनुहारमा चमक ल्याउने घरेलु उपायहरू

घिउकुमारीको रसले मसाज गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।
–दूध र केराको पेस्ट २० मिनेटका लागि लगाउने ।
–बेसनमा, दूध या दही ,कागती या टमाटर राखेर बनाएको पेस्ट छालामा लगाउने ।
–गुलाब जललाई दूधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउने ।
– काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
–सुन्तलाको बोक्राको धुलोमा कागतीको रस मिसाएर लेप प्रयोग गर्ने ।
–कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
–महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउने ।
– प्रशस्त पानी पिउनाले तपाईको छाला सुख्खा हुनबाट बचाउँछ ।
–डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको रसले हल्का मसाज गर्ने ।
–आँपको बोक्रालाई दूधमा पिसेर पेस्ट लगाउने ।
छाला गोरो बनाउन यी बाहेक काँक्रा, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?