मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग सीआईबीले लिन थाल्यो बयान

जोयनेपाल
91
Shares
फाइल फाेटाे

काठमाडौँ– बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बयान लिन शुरु गरेको छ । 

सीआईबीको समन्वयमा सरकारी वकिल कार्यालय काठमाडौँले चौधरीसँग बयान लिन शुरु गरेको हो । चौधरी आफै बिहान ८ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका थिए । 

उनीमाथि काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोप छ । 

बाँसबारी स्थित छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको जनाइएको छ । 

उनका माइला भाइ वसन्त चौधरीलाई सिआइबीले बुधवार सोधपुछ गरेर छाडेपछि आज बिहान सांसद चौधरीसँग बयान लिन सरकारी वकिल कार्यालयमा बोलाइएको थियो। 

यही प्रकरणमा चौधरीमा कान्छा भाइ अरुण चौधरीलाई १८ माघमा  पक्राउ गरेर अनुसन्धान थालेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?