मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खेलकुद

फिफा विश्वकप २०२६ र एसियन कप छनौटमा आज नेपालले बहराइनसँग खेल्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दै छ । 

समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राती १० बजे (नेपाली समय मध्यरात १२–४५) बजे बहराइनको राष्ट्रिय रंगशालमा सुरु हुनेछ ।

यसअघि नेपालले बहराइनसँगको ‘होम’ खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो ।

तर एसियाली फुटबल महासङ्घका प्रतिनिधिले दशरथ रङ्गशालामा विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले ‘होम एण्ड अवे’ दुवै खेल  बहराइनमा खेल्ने भएको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक बहराइनसँग खेल्न लागेको हो भने बहराइनसँगको अर्को खेल  यही चैत १३ गते खेल्ने छ । नेपालको समूहमा युएई, बहराइन र यमन छन् ।

पहिलो चरणको दुवै खेल जितेको युएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?