मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुन: चर्चामा फेसबुकको ‘पोक’ फिचर’

काठमाडौँ – कुनै समय लोकप्रिय रहेको फेसबुकको ‘पोक’ फिचर पुन चर्चामा आएको छ ।

फेसबुक स्वयंले पछिल्लो केही महिनायता पोक गर्ने सङ्ख्या १३ गुणाले बढेको बताएको छ । यसको अर्थ खासमा जिस्काएको, सम्झेको भन्ने हुन्छ । 

तर ठ्याक्कै यी मात्र पोकको अर्थ होइनन् भने फेसबुक आफैँले पनि वास्तवमा पोक के हो भनेर बताएको छैन । 

अर्कातर्फ दैनिक जीवनमा कसैलाई केही भन्न हातले कोट्याउने धेरैको बानी हुन्छ । पोकको आधारभूत अर्थ यही भएको कोणबाट हेर्ने हो भने फेसबुकको पोकको अर्थ कसैलाई आफूतिर ध्यानाकर्षण गराउनु हो ।

यसको काम के हो भन्ने नभने पनि फेसबुकले यस्तो फिचर २००४ देखि नै सुरु गरेको थियो । यही कारण कतिपयले यसलाई राम्रो र कतिपयले नराम्रो मान्दा यो फिचर केही वर्षयता सुस्ताएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?