मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी सम्मानित

झापा – जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले ‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । विर्तामोडमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानले उनीहरुलाई नगद रु एक लाख ११ हजार एक सय ११ सहित सम्मान गरेको हो । उनीहरुलाई भारतीय नाट्यकर्मी सिके श्रेष्ठले सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व हरिबंश आचार्यले राजनीतिलाई नजिकबाट चिने पनि आफूहरु प्रशिक्षित नभई गीतसङ्गीतका माध्यमबाटै मुलुकमा आमूल परिवर्तनका लागि लागिरहेको बताए।

“हामी राजनीति र राजनीति गर्ने व्यक्तिलाई नजिकबाट चिन्छौँ । तर हामी राजनीतिबाट प्रशिक्षित हुँदैनौँ”, उनले भने, “कलासंस्कृति, गीत र सङ्गीतबाट पनि मुलुक परिवर्तन ल्याउन ठूलो योगदान पु¥याएका छौँ ।”नाट्यकर्मी श्रेष्ठल भाषा, कला, साहित्यलाई देशको सिमाले छेक्न नसक्ने बताए ।

उनले नेपाल र नेपालीले प्रगति गर्दा अरु देशमा रहेका आम नेपाली भाषीले गौरव गर्ने गरेको बताए । अध्यक्ष बस्नेतले आफ्ना पिता टुङ्गबहादुर बस्नेतको इच्छाअनुसार आमा पूर्ण कुमारीको स्मृतिमासमेत स्थापना गरेको पूर्ण टुङ्ग अक्षयकोषमार्फत महजोडीलाई सम्मान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?