मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानमन्त्री प्रचण्डसँग आईसीसीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए।

‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,’ बार्कलेसँगको भेटमा प्रधानमन्त्रीको भनाइ उधृत गर्दै उनको सचिवालयले भनेको छ, ‘सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौं।’

अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बताए। भेटमा मुख्य सचिव डा।बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारी पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?