मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रणवीरको ‘रामायण’ मा लक्ष्मणको भूमिका कसले निभाउला ?

काठमाडौँ-नितेश तिवारीको ‘रामायण’ लामो समयदेखि चर्चामा छ । फिल्ममा रणवीर कपुर भगवान रामको भूमिका निभाइरहेका छन् । त्यसैले साई पल्लवी आमा सीताको भूमिकामा देखिने भएकी छिन् । फिल्मको बारेमा धेरै अपडेटहरू बाहिर आएका छन्।

यसअघि रावणको भूमिका साउथ सुपरस्टार यशले निभाउने बताइएकाे थियाे । हनुमानका लागि सनी देओललाई साइन गरिएको छ । फिल्ममा अहिलेसम्म राम र सीतालाई मात्रै फाइनल गरिएको छ । फिल्मको औपचारिक घोषणा रामनवमीको अवसरमा गरिने छ । तर नितिश तिवारीको तर्फबाट अहिलेसम्म कुनै जानकारी आएको छैन, फिल्मको काम सुरु भइसकेको छ । यसका लागि रणवीर कपुरले धेरै लुक टेस्ट पनि दिएका छन् ।

केही समयअघि अमिताभ बच्चनका नाति अगस्त्य नन्दलाई ‘रामायण’ मा लक्ष्मणको भूमिका अफर गरिएको खबर आएको थियो । उनले त्यसो गर्न इन्कार गरेको खुलेको छ । यसको कारण उनको आगामी प्रोजेक्टहरू थिए। जसमा उनी पहिलेदेखि नै काम गरिरहेका थिए । तर, अहिले यो भूमिकाका लागि टिभी कलाकारलाई फाइनल गरिएको छ ।

रणबीर कपुरको ‘रामायण’ चलचित्र ७५० करोडको बजेटमा बन्न लागेको बताइएको छ । यो तीन भागमा आउनेछ। पहिलो भागमा सीता हरणसम्मको कथा मात्र देखाइनेछ । यसैबीच टिभीको ‘जमाई राजा’ फिल्ममा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

रिपोर्ट अनुसार रवि दुबेले फिल्ममा लक्ष्मणको भूमिका निभाउने बताइएकाे छ । यद्यपी अभिनेताले भने अहिलेसम्म कुनै जानकारी दिएको छैन । ‘जमाई राजा’ भनेर चिनिने रवि दुबेले टिभीमा धेरै हिट शो दिएका छन् । उनी उत्कृष्ट अभिनेता हुनुका साथै निर्माता पनि हुन् । उनले टिभी शो ‘जमाई राजा’बाट विशेष पहिचान बनाएका थिए । उनले यसअघि पनि धेरै फिल्ममा काम गरिसकेका छन् । उनी केही समयअघि वेब सिरिजमा पनि देखिएका थिए । तर फिल्ममा खासै सफलता पाउन सकेनन् । तर, फ्यानहरू निर्माताको आधिकारिक घोषणाको पर्खाइमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?