मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रिलिजअघि नै ‘कान्तारा-१’ को ओटीटी घोषणा

काठमाडौँ– होम्बले फिल्मसको ब्यानरमा निर्माण हुने बहुप्रतिक्षित फिल्म ‘कान्तारा–१’ रिलिजपूर्व नै ओटीटी घोषणा भएको छ । सुटिङकै क्रममा रहेको यो फिल्म थियटर रिलिजपछि अमेजन प्राइममा स्ट्रिमिङ हुने भएको हो ।

अमेजन प्राइम भिडियोले ‘कान्तारा’लाई होम्बले फिल्मसँग आधिकारिक डिजिटल पार्टनर बन्ने अवसर दिएको जनाएको छ ।

यो अग्रणी प्रोडक्सन हाउसले यसअघि ‘केजीएफ च्याप्टर २‘, ‘कान्ताराः अ लिजेन्ड’, र प्रभास–प्रशान्त नीलको ‘सालार पार्ट १ः सीजफायर’ जस्ता ब्लकबस्टर फिल्महरू ल्याएको थियो ।

एकपछि अर्को ब्लकबष्टर फिल्म दिएको होम्बले फिल्मसले सलार पार्टः २, शौर्याङ्ग पर्व लगायतका चलचित्रहरूको रोचक लाइनअप समेत सार्वनजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?