मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो माउथ फ्रेसनर ? यसको प्रयोग कति स्वस्थकर

सास गन्हाउने समस्याले धेरैलाई दुख दिइरहेको हुन्छ । मुखको दुर्गन्धका कारण दाँत तथा मुख मात्र गन्हाउने होइन, शरीरको अन्य समस्याले पनि मुखबाट दुर्गन्ध आउने हुन्छ ।

मुखबाट दुर्गन्धित सास आउनुले मानिसलाई निकै लाजमर्दो पनि बनाउँछ । सास गन्हाउने समस्या हटाउनका लागि धेरैले माउथवासको सहारा लिएको पाइन्छ ।

माउथवासले तत्कालीन रूपमा मुखको दुर्गन्ध त हटाउँछ । तर यसलाई लामो समय प्रयोग गर्न भने मिल्दैन । माउथवासमा ‘एन्टिब्याक्टेरियल प्रोपटी’ हुन्छ ।

त्यसले मुखमा भएको चाहिने जीवाणुलाई पनि मारिदिन्छ र मुखमा फंगल इन्फेक्सन हुने, घाउ आउने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले माउथ फ्रेसनरलाई दैनिक प्रयोग गर्नु राम्रो हुँदैन ।

कसैमा मुखको दुर्गन्ध अत्यधिक छ भने त्यो दुर्गन्ध कम गर्न माउथ फ्रेसर, माउथ वास प्रयोग गर्न सकिन्छ । तर यो समस्याको समाधान भने होइन । दाँतलाई राम्ररी सफा गरिसकेपछि मात्र माउथ वासको प्रयोग गर्ने हो ।

मुखको दुर्गन्ध विभिन्न कारण हुने हुँदा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । उपचार गरिएन माउथ फ्रेसरले कुल्ला मात्र गरियो भने समस्या समाधान हुँदैन समस्या दोहोरिन सक्छ तथा बढ्न पनि सक्छ ।

ब्रस र फ्लस उपयुक्त ढङ्गले गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस र फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्दा उत्तम हुन्छ । केही खानेकुरा खाने बित्तिकै पानीले मुख कुल्ला गर्नुपर्छ । यसो गर्नाले दाँतमा फोहोर जम्न पाउँदैन ।

जिब्रोलाई सफा राख्ने गर्नुपर्छ । किनभने यसले तपाईँको सासलाई मात्र ताजा नराखेर, यसले दाँतलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट पनि रोक्छ ।

बिस्कुट, चकलेट,जस्ता टाँसिने खालका पदार्थले दाँतलाई असर गर्छ । त्यसैले यस्तो पदार्थ सेवनपछि तुरुन्त मुख कुल्ला गर्ने गर्नुपर्छ ।

प्राकृतिक खानेकुरा, हरियो सागपात, रेसायुक्त खानेकुराले दाँत र हड्डीलाई बलियो राख्छ । सन्तुलित आहारमा हामीले प्रोटिन, मिनिरल, भिटामिन आदिलाई विशेष जोड दिनुपर्छ ।

दाँतको गिजाबाट रगत आउने वा गिजासम्बन्धी रोग छ भने मनतातो पानीमा नुन राखेर बिहान बेलुका सफा गर्दा पनि कम हुन्छ ।

सही ढङ्गले नियमित ब्रस गरेर मात्र दाँतलाई सफा गर्न सक्दैनौँ, किनभने फोहोरहरू जमेर दाँतको र गिजाको भागमा ढुङ्गा जस्तो दन्त लेउ बन्छ । त्यसलाई निकाल्न दन्त चिकित्सककहाँ गएर दाँतलाई सफा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?