मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालो अङ्गुर खाँदा हुन्छन् यस्ता फाइदा

अङ्गुर एक प्रकारको फल हो । जुन हामी सबैले खाएकै नै छौ । अङ्गुर कालो र हरियो दुई रङमा पाइन्छ । अङ्गुर खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्रा हुँदैन ।

अङ्गुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटासियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । आज हामी कालो अङ्गुर खाँदा हुने फाइदाको बारेमा केही जानकारी दिनेछौ ।

–हृदयाघात जस्तो गम्भीर रोगमा पनि अङ्गुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठिक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अङ्गुरको रस अवश्य पिउनुहोस् । 

– कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अङ्गुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

–शरीरमा रगतको कमी हुँदा कमजोरी महसुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेटमा अङ्गुर खानुहोस् । क्यान्सर अङ्गुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल सङ्क्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

–अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि पनि अङ्गुर सहयोगी हुन्छ  । स्मरण शक्ति बढाउँछ । कालो अङ्गुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अङ्गुरले दिमागको कार्यक्षमता बढाउँछ । 

–कालो अङ्गुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ । यसैगरी कोलेस्ट्रोल  नियन्त्रण गर्छ । कालो अङ्गुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्‍याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।

–कपालसँग जोडिएका समस्याहरूबाट हैरान हुनुहुन्छ भने कालो अङ्गुर खाने गर्नुपर्छ । यसमा भिटामिन ई को मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फाइला पुर्‍याउँछ । कालो अङ्गुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?