मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरूखको रेकर्ड तोड्दै अजय देवगन

काठमाडौँ – भारतीय अभिनेता अजय देवगनले अर्का स्टार शाहरूखको रेकर्ड तोडेका छन् । 

  ‘शैतान’ १०० करोड क्लबमा सामेल भएपछि अजयको यो फिल्म १०० करोड कमाउने उनको करियरको १४औँ फिल्म बनेको छ ।

यससँगै अजयले यस मामिलामा बलिउडका किंग खान अर्थात् शाहरुखलाई निकै पछाडी छाडेका छन् । ध्यान दिनु पर्ने कुरा के छ भने सबैभन्दा धेरै १०० करोड फिल्म दिने मामिलामा सलमान खान पहिलो नम्बरमा छन्, उनले १७ वटा फिल्मलाई १०० करोडको क्लबमा रखाउन सफल भएका छन् ।

यसैगरी, अक्षय कुमार यस लिस्टमा दोस्रो नम्बरमा छन्, उनले अहिलेसम्म १६ वटा फिल्मबाट कम्तीमा १६०० करोड कमाइदिएका छन् ।

यस्तो अवस्थामा अजय देवगन सबैभन्दा बढी १०० करोड कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा रहेको छन्, उनले शैतानसहित १४ वटा फिल्म १०० करोड क्लबमा पुर्‍याएका छन् । 

त्यसपछि मात्रै बलिउडका बादशाह शाहरुख खानको नाम आउँछ, उनी चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?