हर्ट अट्याकका कारण धेरै मानिसहरूको मृत्यु भइरहेको हुन्छ । अझ पछिल्लो समय त युवावर्गमा नै हर्ट अट्याकको समस्या बढी देखिन थालेको छ । यस कारण हामीले यसबाट बच्न निकै संमयता अपनाउनुपर्ने हुन्छ ।
– मुख्य कुरा हामीले हाम्रो तौल नियन्त्रणमा राख्नुपर्दछ ।
– सामान्यत: अत्यधिक नुनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ ।
– स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमित रूपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाइन्छ । यस कारण गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ ।
– खानामा माछालाई हप्तामा कम्तीमा तीन पटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रूपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।
– ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर मुख्यतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन्।ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउँछन् तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गर्नुपर्दछ ।
– तनाव नियन्त्रण गरौँ । किनभने तनावले आन्तरिक सूजनलाई बढाइदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्बिने कुरा विज्ञानले पनि पुष्टि गरेको छ ।
– भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ ।
– दैनिक आधा घण्टादेखि पैँतालिस मिनेटसम्म हल्का व्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्ट्रोल तथा इन्सुलिन सेन्सिटिभिटीलाई बढाउँछ । यस्तै, टाइप २ डायबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ ।
– महिलाले दिनमा एक ड्रिङ्क रेड वाइन र पुरुषले दुई ड्रिङ्कसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभाबी रूपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाइदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पुग्छ।
– गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राजमा, गेडागुडी, सोया, तोफुलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चार पटक खानुपर्छ । खानामा फाइबरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ ।
– काँचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ ।
– कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनिरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउने ।
– यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ ।
– शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।
– शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिष्कघातको समस्या बढ्छ । यो समस्या या त जन्मजात रूपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ ।
– प्रदूषणबाट जोगिने उपायहरू गर्नुपर्छ किनभने प्रदूषणले पनि आन्तरिक सुजन वृद्धि गराउँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया