काठमाडौ – गर्मीको मौसम सुरु भएको छ । गर्मीमा धेरै समय घाममा बिताएको कारण सन बर्न र ट्यानिङको समस्या धेरैलाई हुने गर्छ ।
गर्मीमा धेरै समय घाममा बस्नाले मानिसलाई सन पोइजनिङ पनि हुनसक्छ । प्रायः मानिसहरूलाई सन बर्न र सन पोइजनिङको बारे थाहा छैन ।
तर, सन पोइजनिङ सन बर्न भन्दा खतरनाक हुन्छ । सन पोइजनिङ सन बर्नको एक घातक रूप हो । लामो समयसम्म सूर्यको पराबैंगनी किरणको सम्पर्कमा रहँदा मानिसलाई सन पोइजनिङ हुन्छ । सन पोइजनिङको समस्या भएमा यसलाई मेडिकल उपचारबाट निको पार्न सकिन्छ ।
सन पोइजनिङबाट बच्ने उपायः
–घाममा हिँड्नु १५ देखि ३० मिनेट अघि सनस्त्रीनको प्रयोग गर्नु पर्छ । एसपिएफ ३० भन्दा माथि भएको सन्सक्रिनको प्रयोग गर्नुपर्छ । साथै हरेक दुईदेखि तीन घण्टामा यसको प्रयोग गर्नु प्रभावकारी हुन्छ ।
–घाममा निस्कनुअघि शरीर छोपिने पूरा लुगा लगाउनु पर्छ । सनग्लास पनि लगाउनु पर्छ । घाममा बाहिर निस्कँदा टाइट लुगाको सट्टा खुकुलो कपडा लगाउने । गाढा रङको लुगाबाट जोगिनुपर्छ ।
–गर्मीका दिनहरूमा बिहान १० देखि बेलुका ४ बजेसम्म घरबाट बाहिर ननिस्कने प्रयास गर्नु पर्छ ।
–नवजात शिशु तथा बच्चालाई घामबाट जोगाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया