मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन्

काठमाडौँ–  सहर र गाउँमा बसोबास गर्ने मानिसहरू प्राय उस्तै देखिन थालेका छन् । उनीहरूको जीवनशैली, उनीहरूको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ ।

तर, जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिलकुलै भिन्न रहने गरेका छन् । विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन्, त्यसैले आज हामी तपाईँलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौँ, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ।

आज नामिबियाको एउटा यस्तो जनजातिको कुरा गर्नेछौँ, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन् ।

नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ आज पनि धेरै जनजातिहरू शताब्दीयौं पहिले जस्तै जङ्गलमा बस्दै आएका छन्। संसारको सबैभन्दा फरक देखिने  हिम्बा जनजाति यहाँ बस्छन् ।

द गार्डियनका  अनुसार नामिबियामा हिम्बा जनजातिका मानिसहरू मुख्यतया किसान हुन्। यी मानिसहरू शताब्दीयौं देखि खेतीपाती गर्दै आएका छन् र पशुपालन गरेर आफ्नो जीवन बिताइ रहेका छन्। विशेषगरी गाई, भेडा र बाख्रा पालेर उनीहरूले आफ्नो जीवन बिताउँछन् ।

यस जनजातिमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ । वास्तवमा यी हिम्बाहरू बाहिर बस्छन् र सिकार गर्छन् र जनावरहरूको हेरचाह गर्छन्। जहाँ महिलाले घरको हेरचाह गर्ने र खाना र पानीको व्यवस्था गर्ने गर्दछन् ।

हिम्बा जनजातिमा बालिकाको विवाह सानै उमेरमा गरिन्छ । यहाँ एक पुरुषलाई एक पटक भन्दा बढी विवाह गर्न अनुमति दिइएको छ।

भनिन्छ, यी महिला विवाहको दिन मात्र पानीले नुहाउने गर्छन्, नत्र उनीहरू जीवनभर बाफले मात्र नुहाउने गर्छन् तिनीहरूको रातो छालाको रहस्य नामिबियाको रातो माटो हो।

वास्तवमा हिम्बा मानिसहरूले यो रातो माटोमा जनावरको बोसो मिसाएर पेस्ट बनाउँछन् र त्यसपछि आफ्नो शरीरमा लगाउँछन्।

तिनीहरू प्रत्येक दोस्रो वा तेस्रो दिन यो गर्छन्। यही कारण उनीहरूको पूरै शरीर रातो देखिन्छ । यो पेस्टले आफ्नो छालालाई जोगाउँछ भन्ने हिम्बा समुदायको विश्वास छ । विशेष गरी सङ्क्रमण र चर्को घामबाट जोगाउने उनीहरूको विश्वास रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?