मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फागु पूर्णिमामा कुन रङ्ग कसलाई लगाउने ? 

काठमाडौँ– फागु पूर्णिमा रङ्गहरूको पर्व हो, जसलाई बोलीचालीको भाषामा होली पनि भनिन्छ । 

वसन्तपुरमा चीर गाडेर लिङ्गो ठडाए पछि फागु पूर्णिमा शुरू भएको मानिन्छ, जो वसन्तपुर काठमाडौँमा ठडाइ सकिएको छ । 

यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ। मानिसहरू यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एक अर्कासँग प्रेमका साथ होली खेल्छन्।

तिनीहरूले एक अर्कामा रङ्गहरू धसेर रमाइलो गर्छन् । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरू यो दिन मिलेर होली खेल्छन् ।

हिन्दु धर्ममा पनि होलीको ठूलो महत्त्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रङको पनि विशेष महत्त्व हुन्छ । आउनुहोस् होलीका रङहरूको महत्त्व के छ ? थाहा पाउनुहोस्। खासमा आज हामी  कुन रङ्ग कसलाई लगाउनु पर्छ ? भनेर जानकारी दिनेछौँ ।

बालबालिकालाई रातो 

होलीमा सबैभन्दा बढी प्रयोग हुने रङ्ग रातो हो । रातो रङको धेरै अर्थ हुन्छ । यो महत्त्वाकाङ्क्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहस को प्रतीक हो। रातो रङ प्रेमीले पनि निकै मन पराउँछन् ।

रातो रङ्गले होलीमा ऊर्जा प्रदान गर्दछ। होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्त्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रङ्ग लगाउन सकिन्छ ।

महिलाहरूलाई पहेँलो 

पहेँलो रङ्गलाई खुसी र सम्मानको प्रतीक मानिन्छ। यो रङ्ग होलीमा धेरै प्रयोग गरिन्छ। पहेँलो रङ्ग लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रङ्ग लगाउन सकिन्छ ।

अग्रजलाई हरियो 

हरियो रङ्गलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ। हरियो रङ प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रङ्गले शारीरिक र मानसिक तनाव पनि कम गर्छ।

हरियो रङ्गलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जो कोहीलाई पनि हरियो रङ लगाउन सकिन्छ ।

साथीभाइलाई सुन्तला 

सुन्तला रङ्गलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एक अर्कालाई सुन्तला रङ्गको लगाउँछन्। तपाईँ पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रङ्ग लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुसी बढाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?