मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 ४८ दिन मै सकियो ‘पुजार सार्की’को छायाङ्कन

काठमाडौँ – दिनेश राउत निर्देशित ‘पुजार सार्की’को प्याकअप भएको छ। फेसबुकमा दुई तस्वीर पोस्ट गर्दै राउतले  ४८ औँ दिनमा सिनेमा प्याकअप भएको जानकारी दिएका हुन्।

‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायाङ्कनसँगै फिल्म ‘पुजार सार्की’को सम्पूर्ण छायाङ्कन समाप्त भएको उनले जानकारी दिएका छन्। 

साथै छायाङ्कनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने कास्कीकोटबासी लगायत ‘पुजार सार्की’को पूरै  टिमप्रति आभारसमेत व्यक्त गरेका छन्। 

सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली तथा परीक्षा लिम्बुको मुख्य अभिनय रहेको छ।

सिनेमा विकास सुवेदीले लेखेका हुन्। सङ्गीतकार सुभाष भुसालले सिनेमाका निर्माता हुन्। सिनेमा छुवाछूतको सामाजिक विषयमा आधारित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?