मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विराजले ‘१२ गाउँ’का लागि सिल्भासँग सहकार्य गर्ने

काठमाडौँ – अभिनेता विराज भट्टले आगामी एक्सन थ्रिलर ‘१२ गाउँ’का लागि साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भासँग सहकार्य गर्ने भएका छन् । तमिल फिल्ममा एक्सन कोरियोग्राफी गरेका उनले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन् ।

सिल्भा केही दिनदेखि विराजसँगै काठमाडौंमा छन् । अभिनेता भट्टले सामाजिक सञ्जालमार्फत सिल्भालाई नेपालमा स्वागत गर्दै लेखेका छन्, ‘सिल्भा गुरु, नेपालमा स्वागत छ । तपाईंसँग काम गर्न पाउनु सम्मानको कुरा हो ।’

फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । यो फिल्मबाट भट्टका छोरा समीर र मिस नेपाल इन्टरनेसनल-२०२२ न्यान्सी खड्काले अभिनयमा डेब्यु गर्दैछन् । गत साता मुख्य भिलेनमा कनिज कोइराला जोडिएका थिए ।

सिल्भाले रजनीकान्तदेखि विजयसम्मका फिल्ममा द्वन्द्व निर्देशन गरेको जनाइएको छ । अभिनेता समेत रहेका सिल्भाले एसएस राजामौलीको फिल्म ‘छत्रपथी’सहित यमदोंगा, केडी, पञ्चाक्षरी, मार्गाजी १६, वेलायुधम, मारी २, करुंगापियम लगायतका तामिल फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?