काठमाडौँ– कला र लोक संस्कृतिको जगेर्नाको प्रयास स्वरुप ‘एकोज इन द भ्याली फेस्टिभल’ हुने भएको छ ।
यही चैत्र ९ गतेदेखि काठमाडौं, हनुमानढोका संग्रहालय फेस्टिभल शुरु हुने फेस्टिभलका सहनिर्देशक रिजु तुलाधारले बताइन् ।
लोक धुनहरूलाई संरक्षण र प्रोत्साहन मात्र नभै पुस्तान्तरण, पुनर्भाषित, संग्रह तथा जगेर्ना गरिनु पर्दछ भन्ने विश्वासका साथ गरिँदै आएको फेस्टिभलको यो आठौं संस्करण हो ।
विविध कला र तथा कलासँग सम्बन्धित व्यक्तिहरूको एउटा इकोसिस्टम मिलाउने हेतुले फेस्टिभलमा विविध संस्कृति तथा परम्परा झल्काउने संगीत, सामुदायिक परम्परालाई झल्काउने प्रस्तुति, पैदलयात्रा, शैक्षिक कार्यक्रम, बाल साहित्य सिर्जना, कार्यशला, खेल तथा स्थानीय खानाका स्टलहरु राखिने आयोजक पक्षले जनाएको छ ।
फेस्टिभलको दोस्रो दिन इतु बहाः मा विशेषत स्थानीय संस्कार, परम्परा, खाना र समुदलायको जीवनशैलीलाई झल्काउने गतिविधिहरु हुनेछन् । आयोजकका अनुसार काठमाडौँ महानगरपालिका वडा नं २६ को इतुं बहाः, ताहा ननी, तारा ननी, बाकु ननी र महामञ्जुश्री विहार वरिपरि कार्यक्रमहरु हुनेछन् ।
फेस्टिभलमा नेपाल लगायत ६ देशका झन्डै १५० कलाकारहरुले प्रस्तुति हुने जनाइएको छ । फेस्टिभलमा पाँच हजार देखि आठ हजार दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सवमा पहिलो दिन सुरसुधा ब्याण्डको प्रस्तुति रहने छ भने दोस्रो दिन जनकपुरबाट मिथिलेश्वर ‘झिझिया’ समूहसँगै इतुं बहाःकै स्थानीय ‘धिमेय् समूह’, ‘सियोम’, भारतको मणिपुरबाट लोक सङ्गीतमा आधारित प्रयोगात्मक ब्याण्ड, ‘अबाइम मोरिसियस’को साङ्गीतिक कलाकारहरूको उपस्थिति रहने छ ।
स्थानीय सार्वजनिक डबलीलाई साङ्गीतिक मञ्चका रूपमा पुनः प्रयोगमा ल्याउन र त्यस्ता स्थलहरुको अर्थ परिभाषित गर्न यो महोत्सव हनुमान ढोकासहित इतुं बहाःको परिसरमा हुनेछन् ।
महोत्सवमा दुई वटा कार्यशाला, दुई वटा प्रदर्शनी, एक चित्र भ्रमण तथा विभिन्न स्टलहरूसँगै अन्तरक्रियात्मक कार्यक्रमहरू, स्थानीय खानाका परिकार र घरमा उत्पादित वस्तुहरू पनि समावेश हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया