मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भलिबल च्याम्पियनसिपः आर्मीले कर्णालीलाई हरायो

काठमाडौँ – आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ को कभर्डहलमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्‍यो ।

आर्मीले कर्णालीमाथि २५-१६,२५-२३ र २५-७ को जित निकाल्यो । जितसँगै समूह‘ए’ को आर्मीले दुई खेलमा तीन अङ्क जोडेको छ । हारसँगै तीन खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा आर्मी एभरेष्ट भलिबल क्लबसँग ३-१ सेटले पराजित भएको थियो । त्यस्तै कर्णाली नेपाल पुलिस क्लब र एभरेष्ट क्लबसँँग पराजित भएको थियो ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु पाँच लाख, उपविजेताले रु दुई लाख ५० हजारर र तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?