मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सडक दुर्घटनामा परिन् दक्षिण भारतीय अभिनेत्री अरुन्धति नायर, भेन्टिलेटरमा उपचार गरिँदै

काठमाडौँ– तमिल र मलायालम फिल्म उद्योगमा अरुन्धति नायर सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी छिन् । उनी १४ मार्चमा दुर्घटनामा परेको र उनको अहिले पनि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसबारेमा जानकारी उनकी बहिनीले सोमवार मात्र सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । अरुन्धतिकी बहिनी अराथीले सामाजिक सञ्जालमार्फत तीन दिन पहिले दुर्घटनामा परेको जानकारी दिएकी हुन् ।

खबरका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ । उनकी बहिनीले अरुन्धन्ति ‘जीवन र मृत्युको दोसाँधमा रहेको’ बताएकी छिन् । उनको अन्नतपुरी अस्पतालमा उपचार भइरहेको छ ।

अन्तर्वार्ता दिएर घर गाडीमा घर फर्किरहेका बेला उनी दुर्घटनामा परेकी थिइन् ।

अरुन्धतिले सन् २०१४ मा तमिल फिल्म ‘पोंगी एझु मनोहरा’ बाट अभिनय यात्रा थालेकी थिइन् । उनले अभिनय गरेको फिल्म ‘आयिरम पारकासुकल’ सन् २०२३ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?