काठमाडौँ – प्रहरीले दुई अपराधीलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
सर्लाहीमा विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई जना भारतीयलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरहथवामा डकैत गर्न आएका भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् । बायाँ खुट्टाको घुँडामा गोली लागेका उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
राउतसँगै मोटरसाइकलमा आएका अर्का एक जना पनि पक्राउ परेका छन् । उनीहरू विरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया