मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के अनिद्राको समस्या हटाउन सेवन गरिने औषधीको साइड इफेक्ट हुन्छ?

स्लिपिङ ट्याब्लेट भन्ने बित्तिकै हामी निन्द्रा लगाउने औषधी भन्ने हाम्रो आम बुझाइ रहेको छ । अनिन्द्राको समस्या भएका व्यक्तिहरुले विशेषत यो औषधीको सहारा लिने गर्दछन् ।

मानव स्वास्थ्यका दृष्टिकोण अनुरुप सामान्यतया आठ घन्टा सुत्नुपर्दछ । तर पछिल्लो समय व्यस्त जीवनशैलीका कारण अनिन्द्राको समस्या हाबी हुँदै गएको छ । मुख्यतया व्यस्त जीवनशैली, कामक चर्को प्रेसर, मानसिक तनाव, चिन्ता र डर, मोबाइलको लत आदि यसका प्रमुख कारक तत्व हुन् ।

अनिद्राको समस्या हुँदा दिइने स्लिपिङ टयाब्लेटले दिमागलाई शान्त पारी सहज तरिकाले निद्रा लगाउन मद्दत गर्छ । यी औषधी बेन्जोडायजेपाइन समूहका लोरी, क्लोनाज, अल्प्राजोलम, जेन्याक्स, क्लोनाजेपाम, इस्टाजोलम, ओराजेपाम, ट्रियाजोलम नाममा आउँछ । जुन चिकित्सकको सल्लाह बिना खान मिल्दैन ।

यसरी अनिन्द्राको समस्या हाबी भएपछि दैनिकीमा त प्रभाव पर्छ नै । साथै एन्जाइटी, डिप्रेसनजस्ता रोगहरुको शिकार पनि हुन सक्छ ।

यसकारण अनिन्द्राको मुख्य सलुसन स्लिपिङ ट्याब्लेट मात्रै हो अथवा अरु विकल्पहरु पनि छन् ? या कस्तो प्रकारको औषधी हो ? यसको प्रयोग कस्ता व्यक्तिहरुले कति मात्रामा गर्ने ? यसका असरहरु के–कस्ता छन् भन्ने विषयमा केन्द्रित भएर मनोविद् गोपाल ढकालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको अंश:

स्लिपिङ ट्याब्लेट कस्तो औषधि हो ?

यो अनिन्द्राको समस्या भएका र निदाउन निकै सकस हुने बिरामीहरुले खाने औषधी हो । अनिन्द्राको समस्या विभिन्न प्रकारका हुन्छन् । पहिलो भनेको प्राथमिक अनिन्द्रा हो । जसमा अरु कारण नभएर अनिन्द्राको मात्रै समस्या हुन्छ र अर्को भनेको सेकेन्डेरी अनिन्द्रा हो । जुन एन्जाइटी, डिप्रेसन, चिन्ता, तनावजस्ता अन्य तत्वहरुले सिर्जित गराएको हुन्छ ।

यसले कसरी काम गर्छ ?

यो औषधीको डोजमा भर पर्ने कुरा हो । तर सामान्यतया औषधीको सेवन गरेको १५ मिनेटदेखि आधा घन्टासम्ममा काम गर्न थाल्दछ । 

यो औषधी सेवन गर्दा साइड इफेक्ट छन् ?

यो औषधीको लामो समय प्रयोग गर्नाले यसको लत बस्ने, यसको सेवनविना निदाउनै नसक्ने सम्मको अवस्था आउँछ । यसकारण आफुखुसी डाक्टरको सल्लाहविना यसको सेवन गर्नु हुँदैन । यो औषधीले लामो समयसम्म झुम्म र लट्ठ बनाउँछ । टाउको दुख्छ । एलर्जी  र पखाला पनि लाग्न सक्छ ।

बिरामीलाई कस्तो अवस्थामा यो औषधी सिफारिस गरिन्छ ?

एन्जाइटी, डिप्रेसन भएका बिरामीहरु निन्द्रामा ऐठन हुने, धेरै सपना देख्नुहुन्छ, सपनामा हिँड्ने, निदाउन सकस हुन्छ । निदाएर ब्युँझिएपछि पुनः निदाउन सक्नुहुन्न भने यस्तो अवस्थामा यो औषधीको सिफारिस गरिन्छ ।

यो औषधी सेवन गर्दा र सेवन गर्ने व्यक्तिले के कस्ता सावधानी अपनाउनुपर्छ ?

एक त लामो समयसम्म खानु भएन । अर्को भनेको चिकित्सकले भनेको भन्दा बढी सेवन गर्नु भएन । आज अलि धेरै खान्छु अनि छिट्टै धेरैबेर निदाउँछु भन्ने भ्रम पाल्नुभएन । औषधीविना सुत्न नै गाह्रो भयो या सुत्न सक्दिनँ जस्तो लाग्यो भने तुरुन्त चिकित्सकलाई भेटेर परामर्श लिनुपर्छ । आफूखुसी औषधी सेवन गर्नु हुँदैन ।

स्लिपिङ ट्याब्लेट मुख्यतया मानसिक रोगीहरुले खाने औषधी हो भन्ने आम बुझाइ छ, यो कत्तिको सत्य हो ?

स्लिपिङ ट्याब्लेट मानसिक रोगीहरुले मात्रै सेवन गर्ने औषधी भने हैन । हो मुख्यतया यी बिरामीहरुलाई यो औषधीको आवश्यकता बढी मात्रामा पर्छ । तर, अन्य केही कारण नभएर अनिन्द्राको मात्रै समस्या भएका व्यक्तिहरुलाई पनि चिकित्सकले यो औषधी सिफारिस गर्ने गरेको पाइन्छ ।

औषधी खाने बानी नै पर्‍यो भने यसको लतलाई कसरी रोक्न सकिन्छ ?

अनिद्राको समस्याले कठिन बनाइरहेको छ र छोटो समयको लागि औषधी लिने गर्दा औषधीले खासै नराम्रो असर गर्दैन । यसले बिस्तारै निद्राको बिग्रिएको लयलाई ठीक ठाउँमा ल्याउँछ । औषधी चिकित्सकको सल्लाहमा रोक्न सकिन्छ । मानसिक समस्यामा पनि अवस्था हेरेर केही समय दिँदा फाइदा गर्छ । एक चरणपछि छोड्न पनि सकिन्छ । किनकि लगातार सेवन गर्दा यसको लत बस्न सक्छ ।

अन्त्यमा पाठक तथा डिप्रेसनका बिरामीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

कहिलेकाहीँ महिनामा एक/दुईपटक निन्द्रा नपर्नु स्वभाविक हो । सामान्यतया अनिन्द्राको समस्या हुने विविध कारणहरु हुन्छन् । मौसमको कारणले, खानपान, मोबाइल सामाजिक सञ्जालको धेरै प्रयोग गर्दा, कुनै घटना हुँदा, काम गर्ने दैनिकी परिर्वतन हुँदा निन्द्रा नलाग्ने समस्या हुन्छ । हामीले हाम्रो जीवनशैली र दैनिक आचरण राम्रो बनायौँ भने पनि यो समस्या हुँदैन । यसकारण आफ्नो दैनिकी प्रभावित नबनाउन र डाक्टरको सल्लाह विना मनलाग्दी रुपमा औषधीको सेवन गर्न सुझाव दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?