मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवाह बन्धनमा बाँधिए पुलकित सम्राट र कृति खरबन्दा 

काठमाडौँ – बलिउड कलाकार पुलकित सम्राट र कृति खरबन्दा विवाह बन्धनमा बाँधिएका छन् । दम्पतीले मार्च १५ तारिखमा लगनगाँठो कसेका थिए । 

विवाहमा उनको परिवार र नजिकका साथीहरू उपस्थित थिए। कृतिले विवाहका ४ तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । 

तस्बिर सेयर गर्दै कृतिले लेखेकी छिन्– नीलो आकाशदेखि बिहानको शीतसम्म, उतारचढाव हुँदै, तिमी मात्र छौ । सुरुदेखि अन्त्यसम्म, हरेक पटक र त्यसपछि, जब मेरो मुटु फरक तरिकाले धड्किन्छ। त्यो तिमी हो। निरन्तर, निरन्तर, तिमी।’

कृतिले चार तस्बिर सेयर गरेकी छिन्, जसमा दुवैले एक अर्काको हात समातेको देखिन्छ । कतिपयमा दुवैले एक अर्कालाई अँगालो हालेका छन् भने कृतिले पुलकितको निधारमा चुम्बन गरेको देखिन्छ । एउटा तस्बिरमा पुलकितले कृतिको घाँटीमा मङ्गलसूत्र लगाएका छन् । 

विवाहपछि कृति निकै सुन्दर देखिएकी छिन् । त्यहाँ उपस्थित मानिसहरूले दम्पतीलाई फूलको वर्षा गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?