मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एआर रहमान भन्छन् – ‘सङ्गीतमा एआईको प्रयोग सही हो’

काठमाडौँ – भारतका दिग्गज सङ्गीतकार एआर रहमानले सङ्गीतमा एआईको प्रयोगबारे मुख खोलेका छन् ।

दुई दिवङ्गत गायकको आवाज एआईको सहयोगबाट संगीतमा प्रयोग गरेपछि चर्चामा केन्द्रमा रहेका उनले यसबारे आफुनो धारणा राखेका हुन् । 

हालै ‘द गोट लाइफ’को म्युजिक लन्चको क्रममा उनले एआईलाई रोजगारीमा खतरा नभई अगाडि बढ्ने औजारका रूपमा प्रयोग गर्नुपर्ने बताएका थिए ।

‘प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ आश्चर्यको उदय भइरहेको छ अनि यो पक्कै पनि अचानक भएको होइन । मलाई याद छ जब मैले सन् १९८४ मा कम्प्युटर किनेको थिएँ, त्यतिबेला सबैले सोचेका थिए कि हामी सबैले आफ्नो जागिर गुमाउनेछौँ । यो पनि त्यस्तै हो ।’

एआईको प्रयोग अगाडि बढ्न प्रयोग गर्न सकिने आफूलाई लागेको रहमानले बताए । यसको प्रयोग गरेर आफूहरूले आर्थिक रूपमा कमजोर व्यक्तिहरूको उत्थान गर्न सक्ने, कला र विज्ञान को क्षेत्रमा प्रतिभाहरूलाई शिक्षित र पोषित गर्न सक्ने पनि उनले बताए । यसको प्रयोग गर्दा समय बचत हुने उनको भनाइ छ ।

रजनीकान्तको फिल्म ‘लाल सलाम’को एउटा गीतमा उनले एआईको सहाराले  स्वर्गिय गायकद्वय बम्बा बक्या र साहुल हमीदको आवाज रिक्रियट गरेका थिए ।

उनको यो प्रयासलाई पुराना सम्झनाहरूलाई पुनर्जीवित गर्ने प्रयास भन्दै केहीले प्रशंसा गरेका थिए । तर केहीले भने उनले निकै आलोचना पनि गरेका थिए ।

रहमानको यस कदमले कयौँ मानिसको जागिर जान सक्ने आरोप लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?