काठमाडौँ– लोकप्रिय सामाजिक सञ्जाल एप ‘एक्स’ (पहिलेको ट्वीटर) मा पनि अहिले अडिओ तथा भिडिओ कलको सेवा उपलब्ध छ ।
तर यो सुविधाको प्रयोग कसरी गर्ने भन्ने बारेमा धेरैलाई थाहा नहुन सक्छ ।
आज हामी तपाइलाई एक्सको यो फिचरको प्रयोग कसरी गर्ने र मन नपरेको खण्डमा कसरी अफ गर्ने भन्ने बारेमा जानकारी दिँदै छौ ।
यसरी गर्न सकिन्छ, एक्समा अडियो तथा भिडियो कल
– सबैभन्दा पहिले तपाइको मोबाइलमा एक्स एप खोल्ने ।
– कल गर्न चाहेको व्यक्तिको मेसेज बक्समा जाने ।
– त्यसपछि एपको माथि दायाँ कुनामा देखिने कलिङ आइकनमा क्लिक गर्ने ।
– त्यसपछि भिडिओ वा अडिओ कुन कल गर्ने भन्ने विकल्प छानेर प्रयोग गर्ने ।
कसरी बन्द गर्ने एक्समा भिडियो तथा अडियो कलको सुविधा
– सबैभन्दा पहिले एक्स एप खोली माथि बायाँपट्टि रहेको आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुहोस् ।
– यति गरेपछि ‘सेटिङ एन्ड प्राइभेसी’को अप्सनमा ट्याप गर्नुहोस् ।
– त्यसपछि ‘प्राइभेसी एन्ड सेफ्टी’ को मेन्युमा ट्याप गर्नुहोस् ।
– अनि डाइरेक्ट मेसेजिङको अप्सनमा जानुहोस् ।
– अडिओ एन्ड भिडिओ कलको अप्सनलाई आफ्नो आवश्यकता अनुसार विभिन्न अप्सन छान्नुहोस् ।
– अव त्यहाँ तपाइले आफ्नो एड्रेस बुकमा भएका व्यक्ति, आफूले फलो गरेका अकाउन्ट वा भेरिफाइड अकाउन्टबाट मात्र कल पाउने अप्सन छनोट गर्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया