मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तेल र घिउमा स्वास्थ्यका लागि कुन राम्रो ?

कोलेस्ट्रोल र बोसोको कारणले नै हाम्रो शरीरमा फ्याट बढ्छ र मुटु सम्बन्धी समस्या हुन्छ ।

घिउ र तेल दुबैमा फ्याट हुन्छ । तरकारी अथवा परौठा बनाउनका लागि प्रायः तेलको प्रयोग गरिन्छ, तर यसलाई शुद्ध घिउमा पनि बनाउन सकिन्छ ।

तेलभन्दा घिउ मंहगो हुन्छ । तर स्वास्थ्यका लागि दुबैमध्ये कुन बढी र सबैभन्दा राम्रो हुन्छ भन्ने बारेमा धेरैलाई जानकारी नहुन सक्छ । आउनुहोस् यस विषयमा जानकार बनौँ ।

तेलमा अनस्याचुरेटेड फ्याट हुन्छ, जसले कोलेस्ट्रोलको स्तर बढाउँछ । सूर्यमुखीको तेल, अन्य किसिमका बिउ, जैतुनको तेल, सेतो सरस्यूँको तेल र घिउमा भने अनस्याचुरेटेड फ्याट कम हुन्छ ।

आवश्यकताभन्दा बढी अनस्याचुरेटेड अथवा स्याचुरेटेड फ्याट खानाले धमनीमा बोसो जम्मा हुन थाल्छ । पुरुषले प्रति दिन ३० ग्राम र महिलाहरूले २० ग्राम फ्याटको सेवन गर्नु पर्छ ।

तेल

तेल भिन्दा–भिन्दै कुराले बन्छ । जस्तै बदाम, भटमास, सूर्यमुखी, तोरी, सर्स्युँ, जैतुन आदि । सम्पूर्ण तेलमा पाइने न्यूट्रिएन्टस पनि भिन्दा–भिन्दै हुन्छ । कुनै फाइदाजनक हुन्छ भने कुनै हानिकारक । ओलिभ आयल स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ भने सर्स्युँ को तेल अत्यन्त खराब ।

घिउ

धेरै मानिसले घिउ र तेलमध्ये एउटा रोज्नु पर्‍यो भने घिउ नै रोज्छन् । घिउ वजन घटाउन पनि सहायक हुन्छ र घिउ मेटोबोलिक रेट बढाउन पनि सहायक हुन्छ  ।

घिउ कहिले पनि शरीरमा जम्मा हुँदैन, तर तेल शरीरमा जम्मा भएर कोलेस्ट्रोल बढाउँछ । घिउमाथि गरिएको सर्वेक्षण अनुसार घिउमा रक्त र आन्द्रामा समावेश कोलेस्ट्रोल कम हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?