डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । यो रोग विश्वका धेरै देशमा प्रकोपको रूपमा देखा परेको छ ।
डेंगु ज्वरो एडिस एजिप्टाईरएलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाइगर मस्क्युटो पनि भनिन्छ ।
यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि लाग्न सक्छ । डेंगु डेन १, डेन २, डेन ३, डेन ४ गरी चार प्रजातिका डेंगु भाइरसबाट लाग्दछ ।
डेंगुबाट बच्न अपनाउनुहोस् यस्तो उपाय
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने ।
–पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ
–घर वरपरका पानी जम्ने खाल्डाहरू पुरिदिने । घरका नजिकका पानी बग्ने नालीहरूमा बेलाबेलामा मट्टितेल छर्कने गर्नुपर्दछ ।
–बस्तीको वरिपरिका झाडीहरू सफा गर्ने । बाहिर हिँड्दा पुरा शरीर छोप्ने गरी कपडाहरू प्रयोग गर्ने । बच्चाहरूलाई बाहिर निस्कँदा लामखुट्टे प्रतिरोधात्मक मलमहरू शरीरमा लगाउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया