मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – अहिले कोशी  प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

फलतः आज दिउसो मधेश प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। 

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेशमा आंशिक देखि साधारणता बदली, मधेश प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले आफ्नो दैनिक मौसम बुलेटिनमा उल्लेख गरेको छ । 

यी बाहेक बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहँदा कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?