मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागलुङमा बस दुर्घटना, १६ जना घाइते

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल बसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?