मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गम्भीर रोग सिकलसेल एनीमियाका लक्षणहरू कस्ता हुन्छन् ?

काठमाडौँ- सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारको हुन्छ ।

सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर पर्छ । शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुन्छ ।

सामान्यतया राता रक्तकोषको आयु १ सय २० दिनसम्म हुन्छ । तर सिकलसेल भएका बिरामीको शरीरमा रक्तकोषको आयु १० देखि २० दिनसम्म मात्रै हुन्छ । जसको कारण बिरामीलाई रक्तअल्पताको समस्या हुन्छ । यदी आमा र बुबा दुवैमा यो रोगको जीन छ भने दुईमध्ये एक जना सन्तानमा यो रोग सर्छ ।

सिकल सेल एनीमिया के हो ?

यो रोगबाट पीडित अधिकांश थारु समुदायका छन् । यो एक आनुवंशिक विकार हो, यसमा रक्त कोशिकाहरु कि त फुट्न थाल्छन् वा उनीहरुको आकार र आकार परिवर्तन हुन थाल्छ ।

जसका कारण नसाहरुमा रगत अवरुद्ध हुन्छ । यो धेरै खतरनाक पनि छ किनभने यसमा रातो रक्त कोशिकाहरू बिस्तारै मर्न थाल्छन्। त्यसपछि शरीरमा रगतको कमी हुन्छ ।

आनुवंशिक रोगका कारण शरीरमा रगत उत्पादन केही समयपछि बन्द हुन्छ । शरीरमा रगतको कमी हुँदा अंगहरु बिग्रन थाल्छन् । मृगौला, मुटु, प्लीहा, कलेजोले बिस्तारै काम गर्न छोड्छ।

सिकल सेल एनिमियाले मृत्यु, संक्रमण, दुखाइ, तीव्र छाती सिन्ड्रोम, स्ट्रोक निम्त्याउँछ। यो रोग लागेका बिरामीको अचानक मृत्यु पनि हुन सक्छ । पछिल्लो ६ दशकमा यस रोगका बिरामीको संख्या बढेको छ । विशेषगरी आदिवासी जनजाति यो रोगबाट बढी पीडित छन् ।

सिकलसेलका लक्षणहरू कस्ता हुन्छन् ?

सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ ।

जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् । त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।

समग्रमा थारु जातीका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा उनीहरुमा यी लक्षण देखा परे चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक छ ।

सिकलसेलको उपचार

यसको यकिन उपचार त छैन । तर, समयमा रोगको उपचार भयो, औषधि भयो भने यो रोग चाँडै निको हुन सक्छ । त्यस्तै यस्ता रोगका विरामीको पाचन शक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई-दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्छ ।

उनीहरुलाई बेला-बेलामा रगत चढाउनु पर्ने हुँदा समय-समयमा रगत जाँच गर्नुपर्छ ।

बच्चाहरुलाई निमोनियाबाट बचाउनु पर्ने हुँदा पेनेसिलिनको चक्की दिने, रगत बढाउन फोलिक एसिड दिइन्छ ।

धेरै गर्मीको मौसममा यस्ता रक्त कोषिका हसिया आकारमा परिणत हुने गर्दछ । त्यसैले धेरै चिसो तथा तातोबाट पनि रोगीलाई बचाउनु पर्छ ।

धेरै ज्वरो आएमा पनि विरामीलाई यो रोगले च्याप्ने हुँदा चिकित्सकहरुले धेरै पानी पिउन विरामीलाई परामर्श दिने गर्दछन् । त्यस्तै झोलिलो, पासिलो खानेकुरा खान सुझाव दिइन्छ ।

धेरै समस्या भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी अथवा स्वास्थ्य संस्थामा गएर जचाउनु पर्दछ । यतिमात्र गर्न सकेपनि धेरै विरामीको ज्यान बच्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?