मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्देशक दिवाकर र अभिनेत्री दीपिकालाई पुत्र लाभ

काठमाडौँ – अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराइलाई पुत्र लाभ भएको छ । आइतबार राति करिव ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

कान्तिपथस्थित ग्राण्डी सीटि हस्पिटलमा दीपिकाले छोरा जन्माएकी हुन् । दीपिकाले शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी हुन् ।

अहिले आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको परिवार स्रोतले जनाएको छ । शल्यक्रियामार्फत बच्चा जन्माएकाले आमा–छोरा नै केही दिनसम्म अस्पतालमा बस्नु पर्ने स्रोतले जनाएको छ ।

निर्देशक दिवाकरले सामाजिक सञ्जालमार्फत पनि आफू बुबा बनेको खुशी साटेका छन्। हालै निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिकाले आगामी फिल्म ‘मायावी’ को छायांकन गरेका छन्। अभिनेत्री दीपिकाले ‘ऐश्वर्य’ र ‘छक्का पन्जा ३’ मा अभिनय गरेकी छन्।

निर्देशक भट्टराईले फिल्म ‘मेरो जीवन साथी, स्टुपिड मन, ड्रिम्स, ऐश्वर्य र क्याप्टेन’ निर्देशन गरिसकेका छन्। उनले पछिल्लो समय फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?