मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्बन्धविच्छेदका घटनामा कमी आएन

रुकुमपश्चिम–  जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्म दुई सय दुई मुद्दा फर्छ्यौट गरेको जनाएको छ । गत साउनदेखि फागुनसम्म दर्ता भएकामध्ये सो सङ्ख्यामा मुद्दा फर्छ्यौट गरेको जनाएको हो । 

जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार मन्दिरा शाहीका अनुसार गत आवदेखि जिम्मेवारी सरेर आएका एक सय ६६ र चालु आवमा नयाँ दर्ता भएका तीन सय नौ गरेर हालसम्म चार सय ७५ मुद्दा जिल्ला अदालत दर्ता भएका छन् । दर्ता भएकामध्ये हालसम्म दुई सय दुई मुद्दा मात्र फर्छ्यौट भएका उनले जानकारी दिइन ।

स्रेस्तेदार शाहीका अनुसार वार्षिक फछर्यौटको लक्ष्य पाँच सय ५० राखिएको छ । फागुनसम्म लक्ष्यको ३७ दशमलव चार प्रतिशत मुद्दा फर्छ्यौट भएको भन्दै लगतको भने ४२ दशमलव ५२ प्रतिशत मुद्दा फर्छ्यौट भएको उनले बताइन । उनका अनुसार अब दुई सय ७३ मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।

जिल्लामा कर्तव्य ज्यानसम्बन्धी, सम्बन्धविच्छेद, बालविवाह र घरेलु हिंसाका घटना बढी हुने गरेका स्रेस्तेदार शाहीले जानकारी दिए। “अदालतमा दर्ता भएका मुद्दामध्ये ३७ प्रतिशत भन्दाबढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन्”, उनले भनिन् “आर्थिक अभावले बिदेसिनु, सानै उमेरमा पढाइ छोड्नु, बालविवाह गर्नुलगायत कारणले सम्बन्धविच्छेदका घटनामा कमी आउन सकेको छैन । करिब २० प्रतिशत घरेलु हिंसाका कारण सम्बन्धविच्छेद हुने गरेको छ ।”

सम्बन्धविच्छेदका केही मुद्दामा मिलापत्र गरेर पठाए पनि केहीमा नसकिएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए।

सेवा प्रवाहलाई थप व्यवस्थित गर्न मुद्दाका मिसिललाई विद्युतीय माध्यमबाट संरक्षण गर्न सुरु गरिएको, बालमैत्री र स्तनपान कक्ष सञ्चालनमा ल्याएको र सेवाग्राहीका लागि फोटोकपी निःशुल्क व्यवस्था गरिएको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?