मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन तस्करी प्रकरण

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा भैरहवाबाट पक्राउ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भैरहवाबाट पक्राउ परेका छन् ।

 उनलाई काठमाडौँ ल्याइँदै गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए ।

सोमबार बिहानैदेखि निगरानीमा राखेको प्रहरीले उनलाई धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट पक्राउ गरेको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियाे ।

यता उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले भने जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।

महरालाई सोही अनुसार पक्राउ गरिएकाे हाे । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?