काठमाडौँ– जुन महिनाबाट फ्लोरमा जान लागेको फिल्म ‘सिड्नी ब्लुज’मा पुष्प खड्का र अन्जना बराइली जोडी बन्ने भएका छन् ।
नायक पुष्प खड्काले नयाँ फिल्म साइन गरेसँगै उनीहरू मुख्य भूमिकामा देखिने पक्का भएको हो । फिल्मका लागि नायिका अन्जना बराइली यसअघि नै फाइनल भइसकेकी छिन् ।
अन्जनासँगै फिल्ममा रवीन्द्र झा, शिव आर ठकुरी लगायतको प्रमुख भूमिका रहनेछ । शिवले यही फिल्ममार्फत डेब्यू गर्न लागेका हुन् ।
शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो फिल्मको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलियामा र ३० प्रतिशत नेपालमा गरिने निर्माणपक्षले बताएको छ ।
केही ग्याप पछि फर्किएका पुष्पको यो फिल्ममा चार किसिमको लुक्स हुनेछ भने नेपाली फिल्ममा खासै प्रयोग नगरिएको ‘मिनचेर सेट र प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक कार्कीले बताएका छन् ।
आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाले बनाउन लागेको यो फिल्ममा शिव आर ठकुरीको कथा, किरण घिमिरेको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
फिल्म आगामी पौष महिनामा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया