मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियाकी विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

काठमाडौँ – अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले आइतबार आफ्नो पार्टनर सोफी अलौचेसँग समलिङ्गी विवाह गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा आफ्नो र उनको साथी अलौचेको विवाहको पोसाकमा र फूलको गुच्छा बोकेको तस्बिर साझा गरेकी छिन ।

जसमा उनले लेखेकी छन्, ‘हामी खुसी छौँ कि हाम्रो परिवार र साथीहरूले यो विशेष दिन हामीसँग बाँड्न पाएका छन्।’

द सिड्नी मर्निङ हेराल्डको रिपोर्टका अनुसार वोङ र अल्लोचे झण्डै दुई दशकदेखि सँगै रहँदै आएका थिए । दुवैले शनिबार एडिलेडमा विवाह गरेका हुन् । यस विवाहमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र धेरै अष्ट्रेलिया सरकारका मन्त्रीहरू पनि उपस्थित थिए।

समारोहमा उनीहरूकी ११ वर्षकी छोरी एलेक्जेन्ड्रा र ८ वर्षकी हन्ना पनि कार्यक्रममा उपस्थित थिए । उनीहरूले यी छोरीहरूलाई आइभीएफ मार्फत जन्माएका हुन । वोङले २०१७ मा अस्ट्रेलियामा समलिङ्गी विवाहलाई वैधानिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन ।

 उनकै कारण सन् २०१७ मा अस्ट्रेलियामा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको थियो । 

सन् २००२ मा राजनीतिमा प्रवेश गरेकी पेनी वोङले भर्खरै सबैभन्दा लामो समयसम्म महिला क्याबिनेट मन्त्री बन्ने कीर्तिमान बनाएकी छिन् । वोङका बुबा मलेसियाली थिए भने उनकी आमा अस्ट्रेलियाबाट आएकी थिइन्। उनी ८ वर्षको उमेरमा सन् १९७६ मा अस्ट्रेलिया आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?