काठमाडौँ – अमेरिकी आर्मी ब्यान्ड र नेपाल म्युजिक सेन्टरबीचको सांगीतिक सहकार्यले सुन्दर संस्कृती, प्रविधि र शैलीहरूको आदानप्रदान प्रदर्शन गरिएको छ ।

अमेरिकी आर्मी ब्यान्डका नौ सदस्यहरूले नेपाली परम्परागत संगीतकारहरूसँग सहकार्य गर्दै केन्द्रका संगीत विद्यार्थीहरूको लागि अविस्मरणीय अनुभव सिर्जना गरेका थिए ।

युएस आर्मी ब्याण्डका सदस्यहरुले नेपाली गीतहरु पनि प्रस्तुत गर्नुका साथै नेपाली बाजाहरु बारे जानकारी लिएका थिए । अमेरिकी सेना र संगीत विद्यार्थीहरू बीचको सांगीतिक आदानप्रदानले एक अर्काको सांस्कृतिक बुझ्न र प्रशंसालाई बढावा दिने माध्यमको रूपमा काम गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया