मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आगलागीमा ५० लाखको क्षति

जोयनेपाल
429
Shares
सांकेतिक तस्विर

इनरुवा – सुनसरीको बर्जु गाउँपालिका–४ मा आज भएको आगलागीमा करिब रु ५० लाख बराबरको क्षति भएको छ । स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई रु ५० लाख बराबरको क्षति भएको हो ।

आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई विराटनगर र इटहरीबाट गएको वारुणयन्त्रण, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगलागीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?