मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतका चर्चित युट्युबर एल्विश यादव पक्राउ

काठमाडौँ – भारतका चर्चित युट्युबर एल्विश यादव पक्राउ परेका छन् । बिग बोस विजेता समेत रहेका यादवलाई नोएडा पुलिसले आइतबार प्रक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यादवलाई रेभ पार्टीमा सर्पको विष आपूर्ति गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । उनलाई पुलिसको आइतबार सोधपुछका लागि बोलाएको थियो र सोधपुछपछि पक्राउ गरिएको बताइएको छ ।

सर्पको विष आपूर्ति गरेको अभियोगमा कोतवाली सेक्टर ४९ का एल्विश यादवसहित ६ जनाविरुद्ध पशुपन्छी संस्थानले मुद्दा दायर गरेको थियो । यसपछि प्रहरीले यस मामिलामा चार सर्पकर्मी र एक जनालाई पक्राउ गरेको थियो ।

अहिले प्रहरीले यो घटनामा यादवलाई पक्राउ गरेको छ । पटक पटक निजी कारणले विवादमा आउने यादवका युट्युबमा १५ मिलियनभन्दा बढी फलोअर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?