मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल

‘निर्देशक हराएको सूचना’ मा दीपकराज गिरी, झरना थापा र रामबाबु गुरुङबीच बहस

काठमाडौँ– सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौँथो दिन ‘निर्देशक हराएको सूचना’ सत्रमा नेपाली निर्देशकहरुबीच संवाद भएको छ ।

कलाकार तथा निर्माता दिपकराज गिरी, निर्देशक तथा कलाकार झरना थापा र निर्देशक रामबाबु गुरुङ वक्ताको रुपमा रहेको सत्रमा नेपाली फिल्मको व्यवसायिकता, कलात्मकता तथा त्यसमा हराइरहेको निर्देशकको अवस्थाबारे छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार गिरीले सिनेमा टिमवर्क भए पनि त्यसलाई निर्देश गर्ने निर्देशकले रहेको बताए ।

‘ड्राइभरलाई सहचालकले सहयोग गर्छ, त्यसको मतलब सहचालक चालक हुँदैन । म मैले काम गर्ने सबै डिरेक्टरसँग क्लोज हुन्छु । शुरुमै डिस्टर्ब गरिराख्छु है भनेर भन्छु । त्यो हस्तक्षेप होइन त्यसलाई लिने नलिने त्यो डिरेक्टरको निर्णय हो,’ गिरीले भने ।

निर्देशक हराइरहेको प्रसङ्गमा बोल्दै उनले अगाडि थपे, ‘निर्देशक नदेखिने कुरामा फरक जनरा निर्देशक देखिने नदेखिने पनि फरक पर्ला हुन्छ । हामीले बनाउने सोसल ड्रामामा सबै दैनिक जीवनमा भइरहने दृश्य भएकाले निर्देशक हराएको जस्तो देखिएला । कुनै जनरामा निर्देशकको धेरै काम धेरै हुन्छ । त्यस्तोमा हराउने हुँदैन ।’ साथै, कहिलेकाहीँ सिर्जनात्मकता नपुगे पनि सबै फिल्मलाई एउटै टोकरीमा हालेर हेर्न नहुनेमा पनि उनले जोड दिए ।

गिरिको भनाइमा सहमति जनाउँदै निर्देशक झरना थापाले भनिन्, ‘यो टिमवर्क भएकाले कहिले क्यामेरा म्यानको काम बढी देखिन्छ, कहिले कलाकारको काम बढी देखिन्छ । तर, सबै कथा विषयबस्तुलाई समेटेर लैजाने निर्देशक नै हो ।’ झरनाको भनाइमा जोड्दै अर्का निर्देशक रामबाबु गुरुङले भने, ‘बजारमा के बिकिरहेको छ भन्नेमा, बढी स्टारकास्टमा निर्भर हुँदा, राम्रो प्रोड्युसर, प्राविधिक हुँदा निर्देशक हराए जस्तो देखिन सक्छ । सँगै आँखामा पनि भर पर्छ ।’ उनले थपे, ‘दर्शक, समिक्षकले कसरी हेरिरहेका छन्, निर्देशकले के भनेको छ, के छुटाएको छ, गलत तरिकाले व्याख्या गरेको छ कि । यस्ता कारणले म पनि कुनै फिल्ममा हराएको हुन सक्छु ।’

नेपालमा राम्रा फिल्मको वहशका बारेमा बोल्दै यो पनि दर्शकको दृश्टिकोणमा भर पर्ने गिरीले बताए । ‘सबैलाई एउटै कुरा राम्रो नलाग्न सक्छ । दर्शकको हुर्काइ, बुझाइमा भर पर्छ । राम्रोको मापदण्ड व्यवसायिक हो कि कलात्मकता हो ?’ उनले भने, ‘दर्शकले कुनै फिल्म आफ्नो च्वाइसमा राख्नु राम्रो हो कि होइन ? त्यसरी हेर्दा यदि मेरो सिनेमा नराम्रो हो भने दर्शक पनि नराम्रो हो ।’ तर आफूले भन्न खोजेको कथा इमानदारिताका साथ भन्नुपर्ने र हेर्नेले पनि सबै फिल्म एउटै चश्माले हेर्न नहुनेमा जोड दिए ।

मेकरले आफ्नो सिनेमा चलाउनको लागि जति मेहेनत गरे पनि दर्शकलाई मन नपरेमा दर्शकले साथ नदिने थापाले बताइन् । उनले भनिन्, ‘एक दुई शो चले पनि झुक्काएको हो भने दर्शकले थाहा पाइहाल्नुहुन्छ । हामी नै एकजुट हुन जरुरी छ । आन्तरिक रुपमा एक अर्का फिल्म हेरेर प्रतिक्रिया दिने सहि मुल्यांकन गरेको देखिँदैन ।’

सबैले आफ्नो आफ्नो स्वादको फिल्म बनाए पनि हेर्न लायक फिल्म छ भने त्यसलाई सबैले साथ दिनुपर्नेमा गुरुङले पनि सहमति जनाए ।

नेपाली फिल्म क्षेत्रले दर्शकलाई नयाँ स्वाद पस्किन नसकिरहेको प्रसंगमा बोल्दै गिरिले यसमा व्यवसायिकताको बोझ सबैभन्दा मुख्य कारण रहेको बताए ।

‘निर्माताको दृश्टिकोणबाट भन्दा पहिलो धर्म लगानी सुरक्षित होस् भन्ने हो । हामी यस्तो अवस्थामा छौँ कि बजार यसै सानो छ, अलिकति तराइ गयो दर्शक कम छ । अलि माथि गए हिमाली क्षेत्र आउँछ । सिमित ठाउँमा सिमित दर्शक आउँछन्,’ उनले भने, ‘त्यो अवस्थामा कलात्मकता अलि बढी भएको फिल्म बनाउँ भन्दा पनि निर्माता कम्तीमा लगानी सुरक्षित होस् भन्ने चाहन्छ ।’

तर चुनौतीको सामना गर्दै नयाँ पुस्ताका लागि दायित्वबोध गर्ने बेला आएको भने उनले जनाए ।

आफूले कला क्षेत्रलाई गर्ने प्रेमका कारण अहिलेसम्म यस क्षेत्रसँग जोडिएको र बाँकी समय पनि आफूले सक्ने कर्म गरिरहने अभिनेत्री समेत रहेकी निर्देशक थापाले बताइन् ।

‘सिनेमा जति अभिनय गरियो, यसलाई कसरी निरन्तरता दिन सकिन्छ ? आफू पनि रहौँ, यो क्षेत्रलाई अगाडि पनि बढाउँ भन्ने सोच्दै जाँदा समयले अनुभवले निर्देशनमा आएँ ।’ उनले भनिन्, ‘ए मेरो हजुर व्यवसायिक रुपमा राम्रो हुँदै गर्दा एक भागभद गिता बनाउने प्रयास गरेँ । एउटा निर्माता खसेपछि उठ्न समय लाग्छ ? म नमरुन्जेल यही क्षेत्रमा रहन चाहन्छु । त्यसकै कारण पैसा समय लगानी गरिरहेकी छु ।’

साथै नयाँ पुस्ताका लागि सहज वातावरण निर्माणमा आफ्ना भूमिका निर्वाह गर्नेमा पनि उनी सकारात्मक देखिइन् ।

एउटा बच्चा जन्मेपछि हिँड्न, दौडने प्रक्रिया भए जस्तै नेपाली सिनेमाले पनि आफ्नो कथा भन्न थालेको, आफ्नो शैली बनाएको र अन्य सुधारकार्य प्रक्रियामा रहेको गिरीले बताए । त्यस्तै गुरुङले आफ्नो कमजोरी पत्ता लगाउँदै जाने र निर्देशकले दर्शकले खोजिराखेको जस्तै सिनेमा मात्रै नबनाएर नयाँ स्वाद पस्किने कोसिस गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?