मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनलाइन ठगी रोक्न ट्राईले परिवर्तन गर्‍यो सिमकार्ड नियम

काठमाडौँ – भारतीय दूरसंचार नियामक प्राधिकरण (TRAI) ले मोबाइल प्रयोगकर्ताहरूका लागि सिमकार्डसँग सम्बन्धित केही नियमहरू जारी गरेको छ, जुन यस वर्ष जुलाई १ देखि देशभर लागू हुनेछ।

ट्राईको नयाँ नियम लागू गर्नुको कारण भनेको अनलाइन ठगी रोक्नु हो। जसका कारण आम मोबाइल प्रयोगकर्ताले केही समस्या भोग्नु पर्ने हुन्छ ।

ट्राईका अनुसार आफ्नो सिमकार्ड स्वैप गरेका मोबाइल प्रयोगकर्ताहरूले आफ्नो फोन नम्बर पोर्ट गर्न सक्ने छैनन्। ट्राईले ठगीका घटना रोक्न यो कदम चालेको जनाएको छ । यसको उद्देश्य सिम स्व्याप गरेर ठगी गर्नेहरूलाई तुरुन्तै मोबाइल जडान पोर्ट गर्नबाट रोक्नु हो।

आजकल सिम स्वापिङ सम्बन्धी ठगीका घटना बढ्दै गएका छन् । यो ठगीमा मानिसहरूले सजिलैसँग प्यान कार्ड र आधार कार्डको फोटो खिचेर मोबाइल हराएको बहानामा नयाँ सिमकार्ड लिन्छन्।

यसपछि तपाईको मोबाइल नम्बरमा आउने ओटीपी ठगी गर्ने व्यक्तिसम्म पुग्छ, जसका कारण उनीहरुले ठगीका लागि प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?