काठमाडौँ – भारतीय पपस्टार बादशाहसँग नेपाली षयिका प्रजिनाले सहकार्य गर्ने खबर बाहिरिएको छ । बादशाहले तेस्रो स्टुडियो एल्बमको रुपमा ‘एक था राजा’ ल्याउने घोषणा गरेका छन्, जुन सोमबार भोली रिलिज हुँदैछ ।
सामाजिक सञ्जाल मार्फत बिहीबार बेलुका भिडियोमार्फत एल्बम घोषणा गर्दै उनले रोचक लाइनअप पस्किएका छन् । जसमा १६ गीतको लाइनअप तयार छ ।
यो गीतका लागि बादशाहले चर्चित भारतीय ¥यापरहरु आस्था गिल, एमसी स्टान, डिभाइन, रफ्तार, गायक अरिजित सिंह, एक्ट्रेस नोरा फतेही लगायतसँग सहकार्य गरेका छन् । घोषणा भिडियोमा बलिउड अभिनेता शाहरुख खानले आवाज दिएका छन् ।
यो लाइनअपमा नेपाली गायिका प्रजिनाको पनि नाम छ, जो पछिल्लो समय नेपाली युवापुस्तामाझ चर्चित छिन् । प्रजिनाले आफ्नो सामाजिक सञ्जालबाट बादशाहको पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएकी छन् ।
आफ्नो १२ वर्षभन्दा लामो सांगीतिक करिअरलाई सेलिब्रेसन गर्न बादशाहले एल्बम रिलिज गरेका हुन् । टाइम्स अफ इण्डियाले बादशाहको यो नयाँ एल्बमले परम्परागत संगीत निर्माणको शैलीलाई बदल्ने उल्लेख गरेको छ ।
यो एल्बमका लागि १८ महिनासम्म क्युरेट गरिएको थियो । एल्बमका लागि २५ भन्दा बढी निर्माता रहेको र विश्वभरका संगीतकर्मी यसमा जोडिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया