मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोनामको ‘सिजन सेल’ अफरमा ७० प्रतिशतसम्म छुट

काठमाडौँ– नेपाली ब्रान्ड सोनामले जाडो महिना अन्त्यसँगै ‘सिजन सेल’ अफर ल्याएको छ । यो अफर चैत्र १ देखि चैत्र १८ गते सम्म रहने र सो अफरमा ७० प्रतिशतसम्म छुट दिइने सोनामले जनाएको छ ।

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङका लागि उपयोगी हुने कपडा तथा सामग्रीहरूमा विक्री गर्दै आएको सोनामले देशभर नै यो अफर ल्याएको हो ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्ल्पेक्स (फ्याक्ट्री आउटलेट) ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका शोरुम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?