मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टाउको दुखाइ कम गर्ने घरेलु उपाय 

टाउको दुख्ने समस्या सबैको आम साझा समस्या हो । काम, तनाव, पानीको कमी, आदि जस्ता कारक तत्त्वहरूको कारण मानिसमा टाउको दुख्ने समस्या हुने गर्छ ।

जसलाई सहन पनि निकै गाह्रो हुन्छ । कतिपय अवस्थामा हरेक समय औषधि सेवन गरिहाल्नु भन्दा घरेलु उपाय अपनाउनु पनि प्रभावकारी हुन्छ । जसको साइड इफेक्ट पनि हुँदैन ।

आज त्यस्तै केही उपाय जानौँ जसलाई गरेर तपाईँ टाउको दुखेको केही बेरमै निको बनाउन सक्नुहुन्छ ।

अदुवा

अदुवामा एन्टीअक्सीडेन्ट र एन्टीइन्फ्लामेटरी गुण पाइन्छ । यसले टाउको दुखेकोमा आराम पाउन सकिन्छ । यसका लागि तपाईँ अदुवाको चियामा कागतीको रस मिसाएर पिउन सक्नुहुन्छ ।

दालचिनी

टाउको दुखेकोबाट राहत पाउनका लागि दालचिनीको धुलो एकदमै प्रभावकारी हुन्छ । यसका लागि दालचिनीको धुलोलाई पानीमा घोलेर पेस्ट तयार गर्नुहोस् । अब आधा घण्टाका लागि उक्त पेस्टलाई निधारमा लगाउनुहोस् र मनतातो पानीले धुनुहोस् । यसले टाउको दुखेकोमा आराम दिन्छ ।

पुदिना

पुदिनामा हुने गुणहरूले शरीरमा रक्त सञ्चारलाई राम्रो बनाउन सहयोगी हुन्छ । यसले टाउको दुखेकोमा पनि आराम दिन्छ । टाउको दुखेको अवस्थामा तुरुन्त राहत पाउनका लागि पुदिनाको पातहरू पिसेर निधारमा लगाउनुहोस् ।

ल्वाङ

औषधीय गुणहरूले भरपुर ल्वाङ स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । टाउको दुखेकोबाट राहत पाउनका लागि यसलाई पिसेर मलमलको कपडामा पोको पार्नुहोस् । अब यसमा नरिवलको तेल थोरै नुन थोरै ल्वाङको तेल मिसाएर केही बेरका लागि निधारमा लगाउने गर्नुहोस् ।

टाउको दुखेको अवस्थामा टाउको मालिस तथा अक्कुप्रेशर पनि सहयोग लिन सकिन्छ । यसबाहेक शरीरलाई हाइड्रेट राख्नुहोस् र पेटलाई लामो समय खाली कहिल्यै नराख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?