काठमाडौँ– अमेरिकी स्टार्टअप ‘फिगर’ले ह्युमनाइड रोबट सार्वजनिक गरेको छ । जसको नाम ‘फिगर ०१’ राखिएको छ ।
ओपनएआईसँगको सहकार्यमा बनेको ‘फिगर ०१’ हालै मात्र सार्वजनिक भएको हो ।
‘फिगर ०१’ मा राखिएको क्यामेराको आधारमा रोबटले उत्तर दिने र काम गर्ने कम्पनीले जनाएको छ ।
यस रोबटले वरपर भएको वस्तुबारे वर्णन गर्ने मात्र नभई तिनसँग अन्तर्क्रिया समेत गर्ने कम्पनीले जनाएको छ ।
‘फिगर ०१’ ले क्यामेराबाट प्राप्त हुने भिजुअल डेटाका आधारमा काम गर्ने दाबी कम्पनीले गरेको छ । रोबट निर्माता फिगरले यसको प्राविधिक विवरणबारे केही खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया